काठमाडौँ – काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानको इन्जिनमा टेक्निकल समस्या देखिएपछि पुनः काठमाडौँ नै फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ३:३० बजे धनगढीका लागि उडेका विमानको इन्जिनमा समस्या भएपछि काठमाडौँ अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ। स्रोतका अनुसार हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौँ फिर्ता भएको हो। विमान सकुशल अवतरण भइसकेको छ।