तिन्टीआपमा कृषिमेला प्रदर्शनी हुने

२०७९, १७ फाल्गुन बुधबार १७:०२

पाल्पा । पाल्पाको तिन्टीआपमा कृषिमेला प्रदर्शनी हुने भएको छ । मेलामा कृषि उपजहरूको प्रतियोगितात्मक प्रदर्शनी, बाख्रा, कुखुराको प्रतियोगितात्मक प्रतिस्पर्धा हुने जानकारी तानसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो ।

कृषिमेला तथा प्रदर्शनी तानसेन ९, तिन्टीआँपमा चैत ३ गते हुँदैछ । यस्तै मेलामा रैथाने बालिहरुको प्रदर्शनी, बिउबिजन, नर्शरी बोटबिरुवाको बिक्रीवितरण, कृषि सम्बाद कार्यक्रम हुनेछ । मेलमा कृषि उपजहरूको परिकारका स्टल, जैविक मल उत्पादन प्रदर्शनी, माटो परिक्षण हुनेछ ।

तानसेन नगरपालिका वडा नम्बर ९, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्रीले कृषि आधुनिकिकरण परियोजना, लगायतको सहयोगमा कृषि सेवा केन्द्र दमकडा, कृषि मेला उपभोक्ता समिती, र मदनपोखरा सङ्गम बहुउद्देश्यीय सहकारी संस्था को आयोजनामा मेला संचालन हुँदैछ ।

Comments

ताजा खबर