खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने पुरुष पक्राउ

२०७८, १७ चैत्र बिहीबार २०:१३

सोलुखुम्बु: खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राई रहेका छन् ।

उनलाई ३७ वर्षीया आफ्नै श्रीमती मनिला राईको हत्या गरेको आरोपमा प्रहरीले बुधबार राती पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सामान्य वादविवादको क्रममा रिसको आवेगमा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु