फिफा वरीयताक्रममा नेपाल एक स्थान तल

२०७८, १७ चैत्र बिहीबार १९:४८

काठमाडौं: फिफा वरीयताक्रममा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयताक्रम अनुसार नेपाल १ सय ६८ औं स्थानमा झरेको छ ।

यस अघि फेब्रुअरीमा नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो । पछिल्लो पटक मैत्रीपूर्ण खेलमा नेपाल थाईल्यान्डसँग पराजित भएको थियो । अफगानिस्तान साफबाट बाहिरिसकेका कारण दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहेको छ ।

दक्षिण एसियाली मुलुकहरुमा भारत शीर्ष स्थानमा रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ । त्यसैगरी माल्दिभ्स दोस्रो स्थानमा छ । माल्दिभ्स वरीयताक्रम १ सय ५६ छ ।

यता भुटान १ सय ८७, बंगलादेश १ सय ८८, पाकिस्तान १ सय ९७ र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु