सवारीसाधनको भाडा बढ्यो

२०७८, १७ चैत्र बिहीबार १९:३२

काठमाडौँ: सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।
भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा हाल कायम भएको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने ‘आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक गरिनेछ ।’ स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने उनले बताए ।
साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा साेअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । यसअघि यातायात व्यवस्था विभागले नै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाउन मन्त्रालयमा सिफारिस गरेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु