प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेयो

२०७८, १७ चैत्र बिहीबार १०:५९

काठमाडौं: साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ४०.६८ अंक बढेर २५६८.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५० अंक बढेर २५६८.७६ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४ स्टकको २ लाख २६ हजार ९५० रुपैयाँ ५० पैसा बराबरको २६५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ वटा स्टकको मूल्य बढेको छ भने एक स्टकको मूल्य भने स्थिर रहेको छ।

Comments

ताजा खबर