हिमालयन जनरलको सिइओमा विजय बहादुर शाह

२०७८, १७ माघ सोमबार ०८:४०

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा बिजय बहादुर शाहलाई नियुक्त गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले शाहलाई नियुक्ति गर्ने प्रस्ताव सहित बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्य व्यक्तिगत कारणले गर्दा कार्यकाल सकिनु डेढ वर्ष अगाडी नै बाहिरिदै छन् । उनि यहि माघ मसान्तसम्म मात्रै बस्ने भएकाले कम्पनीले फागुनदेखि नै नियुक्ति गर्ने हिसावले शाहलाई नियुक्ति गर्ने प्रकृयाँ अगाडी बढाएको हो ।

तर कुलिङ पिरियडका कारण शाह फागुन ९ गते पछि मात्रै प्रमुख कार्यकारी अधिकृतका लागि योग्य हुन्छन् । उनि नेपाल इन्स्योरेन्स कम्पनीबाट साउन ८ गते पद मुक्त भएका थिए । यस हिसावले उनि फागुन ९ गते हिमालयन जनरलमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि योग्य ठहरिन्छन् । संस्थागत सुशासन निर्देशिका अनुसार बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ६ महिनाको कुलिङ पिरियड तोकिएको छ ।

शाह नेपाल इन्स्योरेन्स भन्दा पहिला एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए । ३५ वर्ष भन्दा बढिको कार्यानुभव भएका शाहले नेपाल बीमक संघलाई दुई पटक नेतृत्व गरिसकेका छन् । बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शाहले एमबीएसम्मको अध्ययन गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु