प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

२०७९, १५ पुष शुक्रबार २०:४५

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र राजदूत श्रीवास्तावबीच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

सो क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाईपत्र हस्तान्तरण गरेका थिए।  छलफलमा थप के विषयमा कुराकानी भयो भन्नेबारे भने केही खुलाइएको छैन।

यसअघि प्रधानमन्त्री बनेलगत्तै एक भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुन सक्ने बताएका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु