घर भत्किएर पुरिँदा स्याङ्जामा एकको मृत्यु

२०७९, १६ असार बिहीबार ०९:४२

पाल्पा । अविरल वर्षासँगै घर भत्किएर पुरिँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका–१० दुविनडाडाका १२ वर्षीया रेखा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए । घटनामा परी एक जना घाइते भएका छन्।

तस्बिर : गल्याङ सामुदायीक अस्पताल सामाजिक संजालबाट

बिहिवार बिहान साढे ६ बजे घर भत्किएर उनिहरू पुरिएका थिए। घाइते भएकी रेखालाई उपचारको लागि गल्याङ सामुदायीक अस्पतालमा ल्याउँदा आजै बिहान साढे सात बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

Comments

ताजा खबर