बैंकिङ कारोबार अवधिभर आरटिजिएस सुविधा

२०७८, १६ चैत्र बुधबार १५:५४

काठमाडौं: नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीलाई बैंकिङ कारोबार अवधिभर सुचारी गर्ने व्यवस्था गरेको छ । आरटिजिएस प्रणाली मार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने समय सिमा आगामी बैशाख २ गतेदेखि लागु हुने गरी कारोबार अवधि बढाइएको हो ।

माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान ९ बजेदेखि अपरान्ह ४ गतेसम्म सुचारी हुनेछ । त्यस्तै प्रत्येक शुक्रवार विहान ९ बजेदेखि अपरान्ह साढे एक बजेसम्म सुचारी हुने राष्ट्र बैंकले जनाएको छ ।

यस प्रणाली मार्फत बैंकहरुले एकैपटक एउटा बैंकबाट अर्को बैंकको खातामा रकम पठाउन सक्ने छन् । तर, यस्तो सुविधा २० लाख रुपैयाँभन्दा बढीको कारोबारमा मात्र उपलब्ध छ । आकस्मिक भुक्तानी गर्नुपर्ने अवस्थामा कम्तीमा दुई लाख रुपैयाँसम्मको भुक्तानी यो प्रणालीमार्फत गर्न सकिने व्यवस्था छ ।

Comments

ताजा खबर