काठमाडौं । उत्तर कोरियाले आइतवार क्षेप्यास्त्र परीक्षण गरेको छ । सन् २०२२ को सातौं परीक्षण अमेरिकाका राष्ट्रपति जो बाइडनको कार्यकालको सबभन्दा शक्तिशाली परीक्षण भएको बताइन्छ ।

अनि समुद्रमा खस्नुअघि त्यो ८०० किलोमिटर टाढासम्म पुगेको थियो । सन् २०१७ पछि उत्तरले सबभन्दा लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको देखिन्छ । लामो समयदेखि अड्किरहेको आणविक वार्ताका विषयमा बाइडन प्रशासनमाथि दबाब दिनका लागि लगातार उत्तरले परीक्षण गरिरहेको हो । किमले अमेरिकासँगको कूटनीतिक वार्ता शुरू हुँदा सन् २०१८ मा हतियार परीक्षण निलम्बित गरेका थिए ।
जापानका प्रमुख क्याबिनेट मन्त्री हिरोकानु माचुनोले क्षेप्यास्त्रले आधा घन्टा उडान गरेको र जापानको विशिष्ट आर्थिक क्षेत्र बाहिर समुद्रमा खसेको बताए । क्षेप्यास्त्र विशेषज्ञ ली चुन ग्युनले उत्तरबाट मध्यम दूरीबाट ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण भएको बताए । विज्ञहरूका अनुसार, उत्तर कोरियाले चीनको सम्मान गर्दै बेइजिङ शीतकालीन ओलम्पिक खेलको आरम्भपछि हतियार परीक्षण रोक्न सक्ने बताएका छन् ।