नेप्से भारी अंकले बृद्धि हुँदा यी हुन् टप टेन कारोबारका कम्पनी

२०७९, १४ पुष बिहीबार २२:२२

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ८८ अंकले बढेर २,०२९ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । आज कम्पनीको १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Comments

ताजा खबर