बधाई र शुभकामनाका लागि समय नमाग्न प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रह

२०७९, १४ पुष बिहीबार २२:१८

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई र शुभकामना दिन समय नमाग्न अनुरोध गरेका छन् । बधाई र शुभकामना आदानप्रदानका लागि लाग्ने समय देश निर्माणमा  खर्चिनु उचित हुने भन्दै प्रधानमन्त्री दाहालले यो आग्रह गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले फेसबुकमा यसबारे जानकारी गराएका हुन्।

उनले लेखेका छन्-  सम्माननीय प्रधानमन्त्रीज्यूले बधाई र शुभकामना आदानप्रदानको लागि समय माग गर्नुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकोले अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु