बेपत्ता भएको तारा ‍एयरको विमानमा को-को सवार थिए ?

२०७९, १५ जेष्ठ आईतवार ११:५३

काठमाडौ- पोखराबाट जाेमसोम उडेकाे तारा एयरलाइन्सको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ। चालक दलका तीनसहित १९ यात्रु रहेको विमानस्थलले जनाएको हाे।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज किस्मी थापा थिए। यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका छन्।

यसैगरी, प्रकाश सुनुवार, राममाया तामाङ, मकरबहादुर तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ।


ताजा खबर