बाइडेनले युक्रेनलाई सहयोग गर्नका लागि अमेरिकी संसद्‍मा ३३ अर्ब डलर प्रस्ताव

२०७९, १६ बैशाख शुक्रबार १२:२७

काठमाडौँ: रुस युक्रेन युद्धको २ महिनाभन्दा बढी भइसक्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग गर्नका लागि अमेरिकी संसद्‍मा ३३ अर्ब डलर प्रस्ताव गरेका छन् ।

उक्त रकमबाट २० अर्ब डलर सैन्य सहायताका लागि र ८ दशमलब ५ अर्ब डलर युक्रेन सरकारका लागि र बाँकी रकम त्यहाँका आम नागरिकको सहायताका लागि हुने बताइएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस तीन दिनदेखि नै युक्रेनको राजधानी किभमा छन् । त्यहाँ पुगेर उनले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

युक्रेन युद्धको क्रममा १० औं लाख मानिसले देश छाडिसकेको बताइएको छ ।;साथै २ हजार ८ सयभन्दा धेरै नागरिकको मृत्यु भएको छ । तीमध्ये २ सयभन्दा धेरै बालबालिका परेका छन् ।

गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले शान्ति वार्ताको क्रममा पनि युद्ध जारी राखेको भन्दै रुसविरुद्ध अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गर्दै आएका छन् । रुसले युद्ध अपराध गरेको विषयमा युक्रेन पुगेका राष्ट्रसंघीय महासचिव गुटेरेसले पनि यसबारे जानकारी लिएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु