सिद्धार्थ सार्बजनिक यातायातको अधिबेशन – अध्यक्षमा रोक्का सर्बसम्मत 

२०७८, १५ माघ शनिबार १७:५४

भबिन्द्र गौतम, सिद्धार्थनगर, १५ माघ ।
सिद्धार्थ सार्बजनिक यातायातको साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सन्जीब रोक्काको अध्यक्षतामा ७ सदस्यीय संचालक समितिको चयन गरेको छ । शनिबार कम्पनीको प्रधान कार्यालय सिद्धार्थनगरमा संक्षिप्त्त सभाको आयोजना गरी साधारणसभा तथा प्रथम अधिबेशन सम्पन्न गरेको हो ।
सभाको उद्घाटन गर्दै नेपाल यातायात ब्यवसयी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश संयोजक डिल बहादुर ढुङ्गानाले उद्घाटन गर्नुभयो । उद्घाटन सभामा बोल्दै ढुङ्गानाले कोभिडको सबैभन्दा मारमा यातायात ब्यवसाय परेको भन्दै, ब्यवसायीलाई सहुलियत प्रदान गरी उनिहरुको आर्थिक स्तर उकास्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । यस्तै समितिको नाममा रहेको भौतिक सम्पत्ती कम्पनीको नाममा रुपान्तरण गर्न नेपाल सरकार संग पहल भएको र सरकारको तर्फबाट सकारात्मक रुपमा सामाधान गरिदिने आश्वासन भएको बताउनुभयो । सरकारले सार्बजनिक यातायातलाई उपेक्षा गरेको भन्दै बैज्ञानिक भाडादर लागू नगरेको, तेलको मूल्य अत्याधिक बढेकोहुँदा मूल्य वृद्धि फिर्ता नलिए सार्बजनिक यातायातको भाडादर वृद्धिगरि लागू गर्ने महासङले तयारी गरेको जानकारी दिनुभयो । सवारी दुर्घटनामा कानुनले तोकेको भन्दा अत्याधिक धेरै खर्च हुने गरेको हुँदा ब्यवसायीले हरेक दुर्घटनामा ठूलो क्षेती ब्यहोर्नुपरेको हुँदा सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

साधारणसभामा ब्यवसायीक हकहितका लागी बिस्थापित कोष स्थापना गर्ने, कुनै ब्यवसायीको कालगतिले मृत्यु भएको खण्डमा २ लाख सहयोग गर्ने नीति लिएको प्रतिबेदन प्रस्तुत भएको थियो । यस्तै ब्यससायीको आर्थिक भार कम गर्नका लागी सिद्धार्थ सार्बजनिक बहुउद्देश्यीय सहकारी संस्था संचालन गर्ने, राष्ट्रब्यापी रुपमा स्तरीय सेवा संचालन गर्ने जस्ता महत्त्वपूर्ण नीति लिएको अध्यक्ष सन्जीब रोक्काले बताउनुभयो ।

आम ब्यवसायीले मेरो धर्म र पेशा के हो बुझ्नुपर्ने हुन्छ । जसका लागी आफ्नो पेशालाई प्राथमिकतामा राख्नुपर्ने सहभागी बक्ताहरुले बताए । साधारणसभा सभामा सिद्धार्थ यातायात ब्यवसायी समिति स्थापना देखि कार्यालय प्रमुखको रुपमा कार्यरत रहि ३० बर्ष सेवा अबधी पुरागरी अवकाश लिनुभएका तुल बहादुर केसि लाई सम्मान गरेको छ । यस्तै सवारी दुर्घटनामा मृत्यु भएका सवारिधनी रामचन्द्र चौधरीकी श्रीमती कौशिला थारुलाई नगद १० लाख सहयोग गरेको छ ।

सिद्धार्थ यातायातमा २ सय ५५ जना शेयर सदस्य रहेका छन । सबिकको समिति २०४७ सालमा स्थापना भएको थियो । सरकारले समिति खारेज गरेपछि २०७४ सालमा कम्पनीमा रुपान्तरण भएको थियो । कम्पनीको कुल चुक्ता पुजी ३ करोड रहेको छ ।

कम्पनिको संक्षिप्त्त प्रतिनिधिमुलक अधिबेशनबाट अध्यक्ष सन्जिब रोक्काको नेतृत्व मा, सुनिल राज बिस्ट, सियाराम यादब, जितेन्द्र राज क्षेत्री, लोक बाहादुर गुरुङ, एजाज वारिस र खडक बहादुर गुरुङ समेत ७ जनाको संचालक समिती सर्बसम्मत निर्बाचित भएका छन ।

साधारणसभामा प्रालिका अध्यक्ष सन्जीब रोक्काको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष सुनिलराज बिष्टको स्वागत र कम्पनीका उपाध्यक्ष सियाराम यादबको संचालनमा कार्यक्रम भएको थियो ।

सार्बजनिक यातायात ब्यवसाय भरपर्दो र यात्रुमैत्री यातायात हुन आवस्यक छ । यसका लागी सरकारले ध्यान दिनुपर्ने र ब्यवसायीको संरक्षण र अभिभावकीय भुमिकामा रहेका कम्पनीहरुले बेलैमा ध्यान दिन आवस्यक रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु