स्थानीय तह निर्वाचन घोषणाको माग गर्दै युवा संघको प्रदर्शन

२०७८, १५ माघ शनिबार १५:०४

जनकपुर । सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न आलटाल गरेको भन्दै युवा संघले प्रदर्शन गरेको छ ।

फाइल फोटो

युवा संघ सिरहाले आज गोलबजारमा निर्वाचनको माग गर्दै संघीय सरकारविरूद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘स्थानीय तहको चुनाव मिति घोषणा गर, अराजक मन्त्रीलाई बर्खास्त गर, किसानलाई समयमा मलखाद उपलब्ध गर’ जस्ता नारा लगाएका छन् ।संघका सिरहा संयोजक जयप्रकाश शर्माको नेतृत्वमा गरिएको प्रदर्शनमा एमालेका हजारौं नेता कार्यकर्ता सहभागी थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु