बागलुङका विभिन्न स्थान केन्द्र भएर भूकम्प

२०७९, १३ पुष बुधबार ०९:१७

बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति विभिन्न स्थान केन्द्रविन्दु भई तीनपटक भूकम्प गएको हो।

केन्द्रका अनुसार राति १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको केन्द्रले जनाएको छ। नेपालको हिमालय क्षेत्र भूकम्पका लागि जोखिमको क्षेत्र भएको केन्द्रले जनाएको छ। -रासस

Comments

ताजा खबर