वर्षाले घोराही जलमग्न

२०७९, १४ जेष्ठ शनिबार २३:१२

दाङ: भारी वर्षा भएपछि शनिबार अपराह्न घोराही बजार जलमग्न भएको छ । बजारका सडकहरुमा पानी भरीभराउ भएर केहीबेर आवतजावत गर्न समेत समस्या भएको थियो ।

खोलामा पानीको सतह बढेको छ । बजारका नालीहरु भरिएर कतिपय पसल र घरमा पानी पसेको छ । पानी पसेर पसलका सामानहरु समेत भिजेका छन् ।
हावाहुरीसहित आएको पानीले बालीनालीमा पनि क्षति पुर्‍याएको छ । घोराही क्षेत्रमा ठूलो पानी परेको र यसको अभिलेख अझै तयार भैनसकेको मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराहीले जानकारी दिएको छ ।

Comments

ताजा खबर