बिर्तामोडमा : वेकरिज द केक सप सञ्चालनमा

२०७९, १४ जेष्ठ शनिबार १८:०३

बिर्तामोड ।

झापाको बिर्तामोडमा वेकरिज द केक सप सञ्चालनमा आएको छ । युजा व्यवसायी दिपेन्द्र राउत र उनका भाई उमेश राउतले २५ लाखको लगानीमा वेकरिज  द केक सप सञ्चालनमा ल्याएका हुन् ।

वेकरी सम्वन्धी सम्पूर्ण परिकार, पेय पदार्थलगायत उपलव्ध गराउने उद्धेश्यले वेकरिज द केक सप सञ्चालनमा ल्याएको शुक्रवार(आज)पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । द केक सप वाट १० किलोमिटर आसपासका क्षेत्रमा होम डेलिभरीको व्यवस्था रहेको दिपेन्द्र राउतले जानकारी दिए ।

त्यस्तै  वारिष्टा कफि स्कूलमा विदेश जाने तथा स्वदेशमै स्वरोजगार वन्न कफि तालिम लिन चाहनेहरुका लागि वेशिक १५ दिने र एडुभन्स ३५ दिने कफि  बनाउने तालिम उपलव्ध गराउने उनले बताए ।

उनका अनुसार हाल १६ जनाले तालिम लिइरहेको बताइएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते उक्त वेकरिज द केक सपको औपचारिक उद्घाटन गरिने जनाइएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु