बालेन र हर्क साम्पाङ गणतन्त्रको फूलबारीमा फक्रिएका विशिष्ट फूल हुन्- प्रचण्

२०७९, १४ जेष्ठ शनिबार १६:०१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) धरानउपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई गणतन्त्रको फूलबारीका विशिष्ट फूल भएको बताएका छन्  

सरकारको नीति तथा कार्यक्रममाथि शनिवार प्रतिनिधि सभा बैठकमा टिप्पणी गर्दै उनले बालेन हर्कको विजयलाई आफूले संघीय गणतान्त्रिकलोकतन्त्रको फूलबारीभित्र दुई वटा फूलहरू फर्किएको ठानेको बताए उनीहरूलाई संविधान संघीय गणतन्त्रको सीमाभित्र बसेर राजनीतिकदलहरूसँगको सहकार्यमा मतदाताबीच आफूहरूले गरेका वाचा पूरा गर्न प्रचण्डले सुझाए  

प्रचण्डले स्वतन्त्र उम्मेदवारप्रति मतदाता आकर्षित हुनुले राजनीतिक दलहरूले आफ्ना नीतिहरूमा पुनर्विचार गर्ने आत्मसमीक्षा गर्नुपर्ने, उम्मेदवारछनोटमा त्रुटि सच्याउनुपर्ने देखिएको उल्लेख गरे तर, बालेन हर्कको जितलाई राजनीतिक दललाई चुनौती भन्ने बुझ्न नहुने बताए  

यो राजनीतिक दलहरूलाई पक्कै पनि चुनौती हो काठमाडौं धरानका जनताले समग्रमा प्रश्न खडा गरेकै हो हामीलाई आफ्ना कमजोरीसच्याउन अवसर पनि हो चुनौती पनि हो दुवै मेयरलाई बधाई धन्यवाद,’ उनले भने

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु