सूर्य चिह्नबाट चुनाव लडेका सांसद गुप्ता एमाले प्रवेश

२०७८, १४ चैत्र सोमबार २१:१६

काठमाडौँ: २०७४ को चुनावमा सूर्य चिह्नबाट चुनाव लडेका सांसद वृजेश गुप्ता औपचारिक रुपमा एमाले प्रवेश गरेका छन्। स्वतन्त्र राजनीतिक समूहको रुपमा हृदयेश त्रिपाठीको समूहबाट उनी एमालेसँग गठबन्धन गर्दै चुनाव जितेका थिए ।

सोमबार कपिलवस्तुमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले गुप्तासहित विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।
सूर्य चिह्नबाट जितेकाले उनको कानुनी हैसियत एमालेकै सांसदको थियो । तर, हृदयेश त्रिपाठी र गुप्ताले आफूलाई स्वतन्त्र सांसदको रुपमा चिनाउँदै आएका थिए । उनीहरु तत्कालीन तमलोपा पार्टीमा थिए । तमलोपा अन्य पार्टीहरुसँग एकीकरण गर्ने निष्कर्षमा पुगेपछि त्रिपाठी, गुप्ता लगायतका नेताहरु असन्तुष्टि जनाउँदै एकीकरण प्रक्रियामा सामेल भएका थिएनन् ।

उनीहरुले स्वतन्त्र समूह बनाएर गत चुनावमा एमालेकै चिह्नमा चुनाव लड्ने गरी सहकार्य गरेका थिए । अहिले त्रिपाठीले भने जनता प्रगतिशील पार्टी नामक नयाँ दल गठन गरिसकेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु