काठमाडौं: बहुमूल्य बुद्धचित्त नेपालबाट कतार ट्रान्जिट हुँदै कोरियासम्म तस्करी हुने गरेको खुलेको छ। आइतबार त्रिभुवन विमानस्थलमा १ सय ४३ थान माला बरामद गरिएसँगै यस्तो तथ्य खुल्न आएको हो ।
कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै कोरिया जान लागेका एक कोरियन नागरिकले लुकाइछिपाई लैजान लागेको अवस्थामा माला बरामद गरिएको प्रहरीले जनाएको छ।
माला सहित राहदानी नम्बर एम ८०९०९५६४ बाहक कोरियन नागरिक सुन उङ जाङलाई प्रहरीले पक्राउ गरेको हो ।
कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै कोरिया जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त माला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।