सूर्य चिह्नबाट जितेका सांसद गुप्ता औपचारिक रुपमै एमाले प्रवेश गर्दै

२०७८, १४ चैत्र सोमबार १५:१९

काठमाडौँ : २०७४ को चुनावमा एमालेको सूर्य चिह्नबाट चुनाव लडेका सांसद वृजेश गुप्ता औपचारिक रुपमा प्रवेश गर्ने भएका छन् । स्वतन्त्र राजनीतिक समूहको रुपमा हृदयेश त्रिपाठीको समूहबाट उनी एमालेसँग गठबन्धन गर्दै चुनाव जितेका थिए ।
सूर्य चिह्नबाट जितेकाले उनको कानुनी हैसियत एमालेकै सांसदको थियो । तर, हृदयेश त्रिपाठी र गुप्ताले आफूलाई स्वतन्त्र सांसदको रुपमा चिनाउँदै आएका थिए । उनीहरु तत्कालीन तमलोपा पार्टीमा थिए । तमलोपा अन्य पार्टीहरुसँग एकीकरण गर्ने निष्कर्षमा पुगेपछि त्रिपाठी, गुप्ता लगायतका नेताहरु असन्तुष्टि जनाउँदै एकीकरण प्रक्रियामा सामेल भएका थिएनन् ।
उनीहरुले स्वतन्त्र समूह बनाएर गत चुनावमा एमालेकै चिह्नमा चुनाव लड्ने गरी सहकार्य गरेका थिए । अहिले त्रिपाठी नयाँ दल गठन गरेर बसेका छन् । गुप्ता भने औपचारिक रुपमै एमालेमा समाहित हुन लागेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा गुप्तासहितलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु