प्रभास क्षेत्रमा महाशिबरात्री मेलाको तयारी पूरा, मणिमुकुन्देश्वोर महादेब मन्दिर झकिझकाउ

२०७८, १६ फाल्गुन सोमबार २२:२०

भबिन्द्र गौतम, १६ फागुन, पाल्पा ।
महाशिबरात्री पर्बको अवसरमा हुने धार्मिक मेलाको तयारी पूरा भएको छ । पाल्पाको प्रभास क्षेत्रमा हरेक बर्ष लाग्ने मेलाको तयारी सकिएको प्रभास क्षेत्र धर्म संस्कृति तथा मेलापर्व ब्यवस्थापन समिती प्रभासका सयोजक मुक्तिराम जिसिले बताउनुभयो । विभिन्न भजन कृतन सहित मुख्य प्रस्तुति कमलेश्वर महादेब शिबगण मदनपोखराको भजन कृतन हुने संयोजक जिसिले बताउनुभयो ।

मेलाको अवसरमा प्रभास बगैचामा निर्माण सम्पन्न भएको सार्बजनिक सौचालय ७ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उक्त सौचालय रोटरी क्लबको संयोजन र तानसेन नगरपालिकाको सहयोगमा बनेको थियो । आयोजकका अनुसार मेलामा ३० भन्दा धेरै स्टल रहने छन । प्रतियोगितात्मक कृषि प्रदर्सन, धार्मिक तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रमहरु, सम्मान तथा पुरस्कार वितरणको तयारी भएको छ । मन्दिर दर्शनकालागी आउने भक्तालुहरुलाई लाइनबद्ध बनाएर दर्शनको ब्यवस्थापन गरिएको आयोजका तर्फबाट प्रभास क्षेत्रमा रहेका ७ वटा संस्थाहरुको छाता संगठन प्रभास क्षेत्र धर्म संस्कृति तथा मेलापर्व ब्यवस्थापन समिती प्रभासका संस्थापक अध्यक्ष प्रदिप खनालले बताउनुभयो । मेलाको उद्घाटन लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री माननीय वीर बहादुर रानाले बिहान साढे ११ बजे गर्ने कार्यक्रम रहेको प्रभास क्षेत्र धर्म संस्कृति तथा मेलापर्व ब्यवस्थापन समितीले जनाएको छ ।

झकिझकाउ मन्दिर
महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पाल्पाको प्रभास स्थित मणिमुकुन्देश्वोर मन्दिर क्षेत्र झकिझकाउ बनेको छ । अहिले मन्दिर क्षेत्रमा दर्शनार्थीको भिड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी शिवरात्रिको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । प्रभासको महादेब मन्दिर परिसरमा अहिले भजन कृतन सहितको जाग्राम भैरहेको छ ।

हिन्दूधर्मालम्बीहरूले आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्री पर्व मनाउँदैछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

Comments

ताजा खबर