बानेश्वरमा भेटिएको शंकास्पद कुकर सेनाद्वारा निष्क्रिय

२०७८, १६ फाल्गुन सोमबार १४:३३

काठमाडौँ — बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको प्रेसर कुकर सेनाको टोलीले निष्क्रिय पारेको छ । संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पारेको हो । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले सोमबार नेपाल बन्दको आव्हन गरेका छन् । त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु