विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट

२०७८, १६ फाल्गुन सोमबार १०:४१

म्याग्दी: सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयमा कक्षा १० अध्ययनरत विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेका छन् । लेखा शिक्षक नवीन घिमिरेको निर्घात कुटपिटले बेनी–६ माझखेतका राजन पौडेल घाइते भएको भन्दै अभिभावकले विद्यालयमा उजुरी गरेका छन् ।

पढाइरहेका शिक्षक घिमिरेलाई पछाडिबाट कसैले कागजको डल्लोले हानेपछि रिसाएका शिक्षकले पौडेलसहित ५ छात्रलाई पाइपको लौरोले पिटेको पीडित परिवारले जनाए । ‘छोराले वान्ता गर्ने, खाना नखाने र श्वास फेर्न समस्या भएपछि बेनी अस्पतालमा एक्सरे गर्दा करङ भाँचिएको रहेछ,’ पीडितका बाबु भीमप्रसादले भने ।
विद्यालय प्रशासनले भने सोधपुछ क्रममा शिक्षकले हात, नितम्बमा ५ जनालाई कुटपिट गरेको तर घाइते हुने गरी नहानेको दाबी गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु