बिचरा बने म , आज कालो दिन हो, संघर्षलाई जारी राखौँ : नारायणकाजी श्रेष्ठ

२०७८, १६ फाल्गुन सोमबार ०५:५६

काठमाडौं: माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित भएको दिनलाई कालो दिनका रूपमा व्याख्या गरेका छन् ।
आइतबार राति सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले व्याख्यात्मक घोषणाका नाममा राष्ट्रघाती सम्झौता संसद्बाट पारित गरिएको बताएका हुन् ।

उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राख्न आह्वानसमेत गरेका छन् ।

उनले भनेका छन्, “अन्तत: व्याख्यात्कम घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराई छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकतावद्ध होऔँ र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ ।”

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु