भीम रावलले लगाए भाइटीका

२०७९, १० कार्तिक बिहीबार १८:२९

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले भाइटीका लगाएका छन्।

उनले बिहीबार दिदी लक्ष्मी कुँवरको हातबाट भाइटीका लगाएका हुन्।

नेता रावलले आफूले भाइटीका लगाएको तस्बिर सामाजिक सञ्जालमा समेत पोष्ट गरेका छन्।

उनले भनेका छन्, ‘दिदीबहिनी र दाजुभाइको स्नेह तथा सामाजिक सद्भाव र एकताको सन्देशयुक्त तिहारको भाइटीका। दिदी लक्ष्मी कुँवरको हातबाट टीका र माला लगाइयो।’


ताजा खबर

    सम्बन्धित शीर्षकहरु