पैसा कमाउन मलाई कुनै रहर होइनः निवर्तमान मन्त्री श्रेष्ठ

२०७९, १३ असार सोमबार १३:४४

काठमाडौँ – निवर्तमान श्रम तथा रोजगार मन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले आफूलाई पद र पैसाको कुनैपनि लोभ नभएको बताएका छन् । आज सोमबार मन्त्रालयबाट बिदाइ हुँदै गर्दा कार्यक्रममा बोल्दै उनले आफूलाई पद र पैसा दुवैको लोभ नभएको र आफ्नो कार्यकालमा आफूले सक्ने काम गरेको दाबीसमेत गरेका हुन्।

उनले भने,‘ कुर्चीमा टाँसिनको लागि मन्त्रीहरू कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे भन्ने आक्षप आइरहेको छ। तर, हामी बजेटको उत्तर दिनको लागि त्यो अवधिसम्म रहौँ लागेको हो। पदमा टासिएर बस्न मन होइन।’

आफूले आज चढेको गाडीको उदाहरण दिँदै उनले भने,‘मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर म आएको छु। किनभने, मलाई मन्त्री पदमा टासिनु र यसबाट पैसा कमाउनु रहर छैन। कार्य अवधिमा गरेका काम सगौगव भन्न पाइयो यही नै ठूलो कुरा हो।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु