देशैभरि मनसुन, सातै प्रदेशमा भारी वर्षा हुने

२०७९, १३ असार सोमबार ११:०३

यस वर्षको मनसुन प्रणाली जेठ २३ गते नेपालको प्रदेश नं १ मा आगमन भई असार १२ बाट देशैभर फैलिएकाे छ । देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेका छन्।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आईपुग्ने सम्भावना भएकोले मनसुन थप सक्रिय हुने हुँदा मंगलबार रातिबाट सातै प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन्। मौसमविद् हिरा भट्टराईका अनुसार आज दिनभर झरी पर्ने छ। भोलि रातिबाट ठूलो पानी पर्ने र यो क्रम बिहिबारसम्म रहनेछ। आजदेखि काठमाडौं उपत्यकासहित मुलुकभर हल्का पानी परिरहने र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना छ । उनका अनुसार आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम लाग्दैन। साँझ ठूलो पानी पर्नसक्छ, भोलि रातिदेखि बिहिबारसम्म ठूलो पानी पर्ने सम्भावना छ। आज प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताए ।

मंगलबारदेखि बिहिबार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही ठूलो पानी पर्ने सम्भावना रहेको छ। प्रदेश नं १, मधेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश भूभाग तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।

Comments

ताजा खबर