लिङ्देनले भने- नीति कार्यक्रममा किसानलाई मल दिने कुरा कहाँ छ ?

२०७९, १३ जेष्ठ शुक्रबार १७:२६

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं सांसद राजेन्द्र लिङ्देनले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले जनताको समस्या सम्बोधन गर्न नसकेको दाबी गरेका छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै लिङ्देनले जनताको समस्या समाधानमा भन्दा पनि ठूला नेताको क्षेत्रमा अनाआवश्यक योजना पार्न बजेट केन्द्रित भएको बताएका हुन्।

‘प्रधानमन्त्रीको जिल्लामा मेडिकल कलेज बनाउने, ठूला नेताको जिल्लामा सडक बनाउने बाहेक अरु खासै केही भेटिँदैन त नीति कार्यक्तममा, उनले भने, ‘मल खोजिरहेका किसानलाई मल दिने कुरा कहाँ छ? सबैभन्दा बढी प्राथमिकता केमा हुनुपर्थ्यो ?’

उनले आधारभूत तहका जनताको समस्या सम्बोधन गर्ने गरी अनुभवी प्रधानमन्त्रीले नीति कार्यक्रम र बजेट ल्याउन नसकेको उल्लेख गरे। ‘यो वर्ष विद्यार्थीलाई पुस्तक दिन सकेका छैनौँ। यो वर्ष त दिन सक्नुभएन, अर्को वर्ष दिने कोसिस गर्नुपर्दैन?’ उनले प्रश्न गरे।

Comments

ताजा खबर