हेमकुमार खड्काले निर्वाचन जिते वडा कार्यालय भवनको लागि निशुल्क जग्गा दिने

२०७९, १४ बैशाख बुधबार २२:०१

बिर्तामोड, झापा-  बिर्तामोड नगरपालिका ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका हेमकुमार खड्काले आफुले निर्वाचन जिते वडा कार्यालय भवनको लागि निशुल्क जग्गा दिने घोषणा गरेका छन् ।

बिर्तामोड नगरपालिका ४ को  वडा कार्यालय पाँच वर्षदेखि ४ नं ओली भवनमा भाडामा बस्दै आएको छ । पाँच वर्षसम्म वडा र नगरका जनप्रतिनिधिहरुले वडा कार्यालय भवनको शिलान्यास समेत गर्न नसक्नु लाजमर्दो भएको उनले बताए ।

बिर्तामोड वडा नं ४ को वडाध्यक्षको आकांक्षी रहेका खड्काले वडाबासीसंग घरदैलोका क्रममा वडा नं ४ को आनन्दगजमा रहेको आफ्नो जग्गा वडा कार्यालयलाई दिने उनले बताएका हुन् । बिर्तामोड वडा नं ४ को वडाध्यक्षको आकांक्षी रहेका खड्कालाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु