के शेयर बजार अव सातामा चार दिन मात्रै खुल्ने होत!

२०७९, १४ बैशाख बुधबार १६:४२

काठमाडौं: नेपाल सरकारले जेठ एक गतेदेखि लागु हुने गरी सातामा दुई दिन विदा दिने निर्णय सँगै शेयर बजार सातामा चार दिन मात्रै खुला हुने भएको छ । सरकारले शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिदा अहिले सातामा दुई दिन कारोबार बन्द हुँदै आएको शेयर बजारमा अव तिन दिन बन्द हुने देखिएको छ ।

हाल शुक्रवार र शनिवार कारोबार बन्द हुँदै आएको छ । शुक्रवार राफसाफ लगायतका काम गर्नका लागि विदा दिने गरिएकोले सार्वजनिक विदाको दिन बढ्दा शुक्रवार पनि कारोबार खुला हुने अवस्था न्यून छ । यदि नेप्सेले शुक्रवार कारोबार खुला गर्ने निर्णय गरेन भने अवदेखि सातामा चार दिन मात्रै कारोबार खुला हुनेछ ।

अर्को तर्फ कार्यालय खुल्ने समय विहान ३० मिनेट र बेलुका ३० मिनेट बढाइएकोले नेप्सेले पनि कारोबार खुल्ने समय थप्न सक्ने सम्भावना पनि उत्तीकै रहन्छ । नेपाल सरकारले गरेको निर्णयलाई मात्रै आधार मान्ने हो भने अव सातामा तीन दिन शेयर बजार बन्द हुन्छ भने ४ दिन मात्रै खुला हुने देखिन्छ ।

Comments

ताजा खबर