सानिमा क्यापिटलको दुवै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घट्यो

२०७९, १४ बैशाख बुधबार १६:३०

काठमाडौं : सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डको चैत मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । जसमा सानिमा इक्विटी फन्डको न्याभ ८४ पैसाले घटेर १६ रुपैयाँ ०४ पैसा कायम भएको छ । फागुनमा यस फन्डको न्याभ १६ रुपैयाँ ८८ पैसा थियो । यता, यस फन्डको सूचीकृत सेयरमा रहेको लगानी पनि १ अर्ब ३८ करोड रुपैयाँबाट घटेर १ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ ।

चैत मसान्तमा यस फन्डको बैंक मौज्दात घटेको छ । फागुन महिना ४९ करोड ४२ लाख रहेको बैंक मौज्दात यो महिनामा घटेर ४८ करोड ३१ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित ९२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

यता, सानिमा क्यापिटलको अर्को योजना सानिमा लार्ज क्याप फन्डको न्याभ पनि ३८ पैसाले घटेर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ । फागुनमा यस फन्डको न्याभ १० रुपैयाँ २० पैसा थियो । यता, यस फन्डको सूचीकृत सेयरमा रहेको लगानी भने ५९ करोड ९४ लाख रुपैयाँबाट बढेर ६१ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।
चैत मसान्तमा यस फन्डको बैंक मौज्दात घटेको छ ।

फागुन महिनामा ५२ करोड ३१ लाख रहेको बैंक मौज्दात यो महिनामा घटेर ४६ करोड ९१ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित ७० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु