सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन प्रतिबन्ध

२०७९, १४ बैशाख बुधबार १२:३३

काठमाडौं: सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गर्दै विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको हो ।
३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकल, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु, हिरा, सबै प्रकारका खेलौना तथा खेल्ने तास नेपाल ल्याउन पाइने छैन ।

वैशाख १३ गतेसम्म बैंकिङ प्रक्रिया पूरा गरेको हकमा भने पैठारी नरोकिने रापत्रमा उल्लेख छ । कुटनैतिक नियोगको हकमा याे व्यवस्था लागु हुने छैन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु