प्रि ओपन सेसन अपडेटः साढे ९ अंक बढ्यो नेप्से

२०७८, १३ चैत्र आईतवार १०:५६

काठमाडौं: साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १६.६९ अंक घटेर २६१३.६७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.५३ अंक बढेर २६२३.२० विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १४ स्टकको ५१ लाख ८९ हजार ३८५ रुपैयाँ ५९ पैसा बराबरको ५ हजार ८४३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ वटै स्टकको मूल्य बढेको छ।

Comments

ताजा खबर