चीनका बिदेश मन्त्रीले ओली र प्रचण्डलाई छुट्टाछुटै भेट्ने

२०७८, १३ चैत्र आईतवार १०:४०

काठमाडौ: त्रिदिवसीय नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
उनले आज बिहान ९:३० मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्दैछन् । राष्ट्रपतिसँगको भेटघाटपछि विदेशमन्त्री यीले बिहान ११ बजे होटल मेरियटमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग द्विपक्षीय भेट गर्नेछन् ।
एमाले अध्यक्ष ओलीपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नेछन् । शुक्रबार काठमाडौँ आइपुगेका वाङ यी आईतबार चीन फर्कनेछन् ।

Comments

ताजा खबर