अमेरिकाले युक्रेनलाई थप १०० मिलियन डलर सहयोग दिने तयारी

२०७८, १३ चैत्र आईतवार ०८:१०

अमेरिकाले युक्रेनलाई थप सहयोग गर्ने तयारी गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ।

सर्वसाधारणका लागि सुरक्षा सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई थप एक १०० मिलियन डलर सहयोग गर्ने तयारी गरेको हो ।

सो सहयोग रकम युक्रेनको आन्तरिक मामिला मन्त्रालयको क्षमता बिस्तारका लागि खर्च हुनेछ ।

अमेरिकका विदेशमन्त्री एन्टोनी ब्लिंकनले थप सहयोग युक्रेनको सीमा सुरक्षा, महत्वपूर्ण सरकारी संरचनाको रक्षासहितका लागि खर्च हुने बताएका छन् ।

यसैबीच रुसले खार्किभमा रहेको परमाणु अनुसन्धान रियाक्टरमा मिसाइल आक्रमण गरेको छ ।

द किएभ इन्डिपेन्डेन्टका अनुसार रुसी गोलाबारीको निशाना खार्किभमा रहेको परमाणु अनुसन्धान क्षेत्र बनेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु