हाम्रो व्याख्यात्मक घोषणालाई अमेरिकाले नमाने, एमसीसी मान्दैनौँ : यादव

२०७८, १५ फाल्गुन आईतवार २१:०५

माओवादी केन्द्रका सांसद मातृका यादवले संशोधन परिमार्जनसहित पास गर्ने पक्षमा आफूहरू रहेको र सोही अनुसार व्याख्यात्मक घोषणा तयार भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले व्याख्यात्मक घोषणासहित एमसीसी पारितका गर्न लागि प्रस्ताव ल्याएकोमा धन्यवाद दिँदै सांसद यादवले भने, ‘कतिपयले लाज छोप्न यो कार्य गरेको टिप्पणी गरेका छन् । तर यो लाज छोप्ने काम गरेको होइन, जनताको आवाजलाई लागु गर्ने कार्य गरिएको हो ।’ प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अमेरिकाले व्याख्यात्मक घोषणासहितको एमसीसीलाई मानेन भने आफूहरूले एमसीसीलाई नमान्ने बताए । उनले व्याख्यात्मक घोषणा एमसीसीलाई सबैले पास गर्नुपर्ने बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु