एमसीसी मतदानद्वारा खारेज गरौँ : सांसद दुर्गा पौडेल

२०७८, १५ फाल्गुन आईतवार २०:१९

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौतामा व्याख्यात्मक विश्लेषण सही नभएको बताएकी छन् । यो सैन्य रणनीति भएको भन्दै उनले दोधारे कुरामा नफसी देश जोगाउन लागि पर्नुपर्ने बताइन् ।

आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले एमसीसीमा व्याख्यात्मक व्यवस्थाले राष्ट्रियता जोगिन नसक्ने बताइन् ।

“हामीले राष्ट्रियता गुमाउने कुरा नगरौँ । भुमि गुमाउने कुरा नगरौँ । यसलाई मतदानद्वारा खारेज गरौँ,” उनले भनिन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु