हिमालयन जनरल ईन्स्योरेन्सको ७% लाभांश सुरक्षित गर्ने अन्तिम दिन

२०७८, १५ फाल्गुन आईतवार १०:४७

हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड (HGI) ले मिति २०७८ फागुन १६ गते १ दिन साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द (Book Close) गर्दै छ। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।

ईन्स्योरेन्सले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१ अर्ब १० करोड ३ लाख ३६ हजार ७ सयको ६.६५% अर्थात रु.७ करोड ३१ लाख ७२ हजार ४ सय बराबरको बोनस तथा ०.३५% अर्थात रु.३८ लाख ५१ हजार १ सय ७९ बराबरको नगद लाभांश (कर प्रायोजनार्थ) वितरण गर्न लागेको हो।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव कम्पनीको मिति २०७८ फागुन ३० गते हुने २८औं वार्षिक साधारण सभामा छलफल गरिने छ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु