नेशनल लाइफ सहित यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

२०७८, १३ माघ बिहीबार १५:२६

काठमाडौं । आज नेप्से परिसूचक ३ दशमलव २९ अंकले बढेर २,७७९ दशमलव ९३ को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २० करोडमाथि शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ११ सय ३१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको ११ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ११ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१७ रुपैयाँ कायम भउको छ । शिखर इन्स्योरेन्स कम्पनीको १० करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Comments

ताजा खबर