गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो, अब ‘रियल’ चुनाव हुन्छ : विष्णु रिमाल

२०७८, १३ माघ बिहीबार १४:१९

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकिएको बताएका छन् । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले १८ सिट जितेको थियो । प्रदेश १ मा एमाले विजयी भएको छ । रिमालले सामाजिक सञ्जालमा भनेका छन्, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’
उनले अब आउँने स्थानीय, प्रदेश र संघीय निर्वाचन नै ‘रियल’ हुने बताएका छन् ।
‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरू चुनावबाट भाग्ने बहानावाजी गर्दैछन्’, रिमालले भनेका छन्, ‘संविधान र कानूनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संविधान च्यात्ने धुनमा उनीहरू छन् ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु