शंखरापुरमा बन्द कोठामा एक दम्पती मृत भेटिए

२०७८, १३ माघ बिहीबार १४:१४

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ बोजेनीमा बन्द कोठाभित्र एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।
५२ वर्षीय पदमबहादुर थिङ र उनकी ४५ वर्षीकी पत्नी फूलकुमारी मृत अवस्थामा भेटिएका हुन् । बुधबार साँझ खाना खाइ सुतेका उनीहरू आज बिहान ७ बजेसम्म नउठेपछि २६ वर्षीय छोरा सूर्यबहादुरले ढोका फुटाएर हेर्दा बाबुआमा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु