साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ३८.४२ अंक घटेर २७७६.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२४ अंक बढेर २७७८.८९ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ८ कम्पनीको ३२ लाख ५० हजार २९१ रुपैयाँ ८० पैसा बराबरको ३ हजार ४६२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ।
Comments