गिरीले प्रतिनिधिसभा क्षेत्र नं २ का लागि निर्वाचनमा उम्मेदवारी दिने

२०७९, १० भाद्र शुक्रबार १९:२०

झापा, बिर्तामोड –  समाजसेवी तथा उद्योगी छत्र गिरीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन् ।

आगामी मंसिर ४ गते निर्वाचनका लागि झापा क्षेत्र नं २ का लागि गिरीबन्धु टी इस्टेटका संचालक गिरीले उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका हुन् ।

रामबाबु प्रसाई नेपाली कांग्रेसको जिल्ला सभापति हुँदा २०४२ सालमा उनी जिल्ला सदस्य भएका थिए ।त्यस्तै उनी नेपाल परिवार नियोजन संघका केन्द्रीय सभापति पनि भएका थिए । उनी नेपाली कांग्रेसको प्रवद्र्धन तथा लगानी बोर्डको सदस्य हुन् ।उनले शुक्रवार पत्रकार सम्मेलन गरी आफ्नो आकांक्षा व्यक्त गर्न लागेका हुन् ।

आफूलाई एकपटक राष्ट्रिय सभाको सदस्यमा उठ्ने अवसर प्राप्त भएकोमा त्यसपटक गंगा बाँस्तोलालाई छोडेको गिरीले स्मरण गर्दै पहिलो पटक आफू सार्वजनिक पदमा उठ्न लागेको बताए । त्यसमा पार्टीले सहयोग गर्नेमा आफू आशावादी रहेको उनले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु