महिलालाई उपमानित हुने भिडियो बनाएको युट्युबर पक्राउ

२०७९, १० श्रावण मंगलवार २१:१७

काठमाडौँ: नबलपरासीका २६ बर्षिय भुसालले प्राङ्क भिडियो बनाउने नाममा गरिएको भिडियो सुटले समाजमा नकरात्मक सन्देश जाने भएकोले साइबर ब्यूरोले प्रक्राउ गरेको छ।

‘बदमास केटा’ नामक युट्युब च्यानल चलाएर बाटोमा हिंडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर अभद्र व्यबहार गरेको कारण जनमानसमा नराम्रो छाप पर्ने भएकोले प्रकाउ परे। ब्युरोका एसपी पशुपतिकुमार रायका अनुसार उनलाई नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट समातिएको हो।

भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको पनि रायले जानकारी दिए।
भुसालले बनाएको भिडियोको सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रहरीले यो घटनामा अनुसन्धान थालेको थियो।

समाज यस प्रकारका सामाजिक गतिबिधि नगर्नु र समाजमा सामाजिक सदभावना कायमगर्न सबै समक्ष हार्दिक अनुरोध छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु