पछिल्लो २४ घण्टामा नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण

२०७९, १० श्रावण मंगलवार १७:४७

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार २१५ जनामा गरिएको एन्टीजेन परिक्षणमा ४ सय जना र २ हजार ८४० जनामा गरिएको एन्टीजेन परिक्षणमा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने सोही समय २१८ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ७१४ जना पुगेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु