चाडवाडको सुरुवात सँगै चाडपर्व अफर

२०७९, १० श्रावण मंगलवार १७:४४

काठमाडौं: प्रभु क्यापिटलले चाडवाडको सुरुवात सँगै चाडपर्व अफर “PRABHU CAPITAL CASHTIVAL OFFER” सार्वजनिक गरेको छ । प्रभु क्यापिटलले आफ्नो हितग्राही सदस्यका लागि यही साउन महिनादेखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो । यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ ।

यस Cashtival अफर अन्तर्गत प्रभु क्यापिटलको Mobile app Download गर्ने हितग्राहीले रु. १,००,००० सम्म जित्न सक्ने छन् । योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको Prabhu Capital Digital App Download गर्नुपर्नेछ र सो मा register गरी आफ्नो डिम्याट खाता लिंक कनेक्ट गर्नुपर्नेछ ।

यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५०००/, ३०००/, २०००/ जित्न सक्ने छन् । बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले एकलाख रुपैयाँसम्म जित्न सक्नेछन् । यो योजना हालसम्म APP download गरेका हितग्राहीको हकमा समेत लागू हुनेछ । एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु